१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलमा काम लागेन हार्दिकको ९१ रन, मुम्बई पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।

कोलकाताले घरेलु मैदानमा दिएको २३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले बिस्फोटक ब्याटिङ गरे पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ९ छक्का र ६ चौकाको मद्दतमा ३४ बलमा ९१ रन प्रहार गरे । यस्तै, मुम्बईका लागि सूर्यकुमार यादवले २६, कुणाल पाण्ड्याले २४, किरण पोलार्डले २०, इभन लुइसले १५ र कप्तान रोहित १२ शर्माले रन बनाए । बलिङमा कोलकाताका सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नीले दुई(दुई र पियूष चवालाले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३२ रन बनायो । उसका लागि शुभवन गिलले ६५ बलमा ७६, क्रिस लिनले २९ बलमा ५४ रन बनाए । यस्तै आन्द्रे रसेलले नटआउट ८० रन प्रहार गरे । उनले त्यसक्रममा ८ छक्का र ६ चौका लगाए ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले नटआउट १५ रनको योगदान दिए । बलिङमा मुम्बईका दीपक चहर र हार्दिक पाण्ड्याले एक एक विकेट लिए ।
यो जीतसँगै कोलकाता १० अंकका साथ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । मुम्बई १३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।