२४ असार २०८३, बुधबार
,
Latest
लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रले ग-यो ८०० को सफल मिर्गौला प्रत्यारोपण



अ+ अ-

भक्तपुर I भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको प्रत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।रासस