२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियाल म्याड्रिडको खराब प्रदर्शन, भालेकानोसँग पराजित



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगामा रियाल म्याड्रिडको खराब प्रदर्शन रोकिएको छैन । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिड रेलिगेसनमा रहेको कमजोर टोली रायो भालेकानोसँग १-० गोलले पराजित भएको छ ।

घरेलु मैदानमा भालेकानोले २३ औं मिनेटमा गोल गरेको थियो । एड्री इमबार्बाले पेनाल्टीमा गोल गरेका थिए । रियलका जेसस भालेजोले भालेकानोका जाभी गुरेरालाई फल गरेपछि प्राप्त पेनाल्टीलाई एड्रीले सही सदुपयोग गरे । रियलले लगातार गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन । यस सिजनको लिगमा रियलको यो १० औं हार हो ।

लिगमा ३५ खेल सकेको रियल ६५ अंकसहित तेस्रो स्थानमा यथावत छ । ३१ अंक बनाएको भालेकानो १९ औं स्थानमा छ । शीर्ष स्थानमा हरेको बार्सिलोनाको ८३ अंक छ । बार्सिलानाले तीन खेल अगावै लिग जितिसकेको छ । दोस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडको ७५ अंक छ ।

आइतबार राति नै भएको अन्य खेलमा इबरले भ्यालेन्सियालाई १-०, गिरोनाले सेभियालाई १-०, रियल सोसिडाडले गेटाफेलाई २-१ गोलले हराएको छ । अर्को खेलमा भिल्लारियल र एसडी हुयस्काले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्