१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेड र चेल्सी बराबरीमा रोकिए



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा खेलिएको खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो ।

युनाइटेडका लागि ११ औं मिनेटमा जुआन माटाले गोल गरेका थिए । युनाइटेडको गोलपछि आक्रामक देखिएको चेल्सीले ४३ औं मिनेटमा बराबरी गोल फर्कायो । चेल्सीका लागि मार्कस अलन्सोले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा खेल बराबरीमा सकियो ।

बराबरीसँगै चौंथो स्थानमा यथावत रहेको चेल्सीले ३६ खेलबाट ६८ अंक बनाएको छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६५ अंक छ । पाँचौं स्थानमा रहेको आर्सनलको ६६ अंक छ । यी तीन टोलीबीच शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने होडबाजी तिब्र छ