१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुन्डेस लिगा रोमाञ्चक मोडमा



अ+ अ-

काठमाडौं । शीर्ष स्थानको बार्यन म्युनिख रेलिगेसनमा रहेको एफसी नुरिम्बर्गसँग बराबरीमा रोकिएपछि जर्मन बुन्डेस लिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ ।

आइतबार राति भएको खेलमा बार्यन म्युनिखले नुरिम्बर्गसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बार्यनको यस नतिजाले उपाधि दौड खुला भएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड शनिबारमात्र अर्को कमजोर टोली साल्केसँग ४–२ गोलले पराजित भएको थियो । उक्त नतिजाले हौसिएको बार्यन नुरिम्बर्गसँग रोकिँदा डर्टमन्डलाई पनि फाइदा पुगेको छ ।

खेलमा नुरिम्बर्गले सुरुवाती अग्रता लिएको थियो । घरेलु मैदानमा नुरिम्बर्गका माथियस परेराले ४८ औँ मिनेटमा खाता खोलेका थिए । बार्यनका सर्ज ग्रान्बीले ७५ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि नुरिम्बर्गले पेनाल्टीको सदुपयोग गर्न नसक्दा बार्यन हारबाट जोगिएको थियो ।

बराबरीसँगै बार्यनले ३१ खेलबाट ७१ अंक बनाएको छ । बार्यन दोस्रो स्थानमा रहेको डर्टमन्डभन्दा दुई अंकले अगाडी छ । डर्टमन्डको ६९ अंक छ ।