• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

वार्नरले जिताए हैदरावादलाई, पन्जाव पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ ।

हैदरावादले घरेलु मैदानमा टस हारेर ब्याटिङ पाउदा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै डेविड र्वानरको ८१ रनको ठुलो योगदानमा हैदरावादले २ सय १२ रन बनाएको थियो ।

पन्जावले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो । हैदरावादका लागि डेविड वार्नरले ७ चौका र २ छक्काको मद्दतमा ८१ रन बनाएका थिए ।

त्यस्तै मनीष पाण्डेले ३६ र रिद्धिमान साहले २८ रन बनाए । पन्जावका मोहम्मद शमी र कप्तान आर अश्विनले बराबर २ विकेट हात पारे ।

अर्कातर्फ पन्जावका ओपनर केएल राहुलले ७९ रन बनाएर हैदरावादको सामना गरे । उनी १८ औँ ओभरको दोस्रो बलमा आउट भए जब पन्जावका ६ विकेट गुमेर १६० रन थियो । राहुललाई अन्य कसैले साथ दिन नसक्दा पन्जावको जित निश्चित भएको थियो । क्रिस गेलले समेत ४ रन बनाएर साझेदारी तोडे । मयन्क अग्रवाल २७, निकोलस पूरनले २१ र सिमरन सिंहले १६ रन बनाए ।

हैदराबादका खलील अहमदले ४० रन दिएर तीन, राशिद खान ले २१ रनदिएर तीन र सन्दीप शर्माले ३३ रन दिएर दुई विकेट हात पारे ।

रशिदले यो पटक शानदार बलिंग गरेका हुन् । उनले यसअघि चेन्नईविरुद्व १७ रन दिएर दुई विकेट दिएका थिए ।