२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा चेकका स्ट्राइकर सुरालको मृत्यु



अ+ अ-

काठमाडौं। ट्रकीको केस्रीमा गेम खेलेर आउँदै गरेका खेलाडीहरु चडेको बस दुर्घटनाहुँदा स्ट्राइकरको मृत्यु भएको छ । ७ खेलाडी बोकेको प्राइभेट मीनिबस दुर्घटनाहुँदा गम्भिर घाइते भएका चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटनामा परेको हो । यसै जनवरीमा क्लबमा लागेका उनले चेकबाट २० खेल खेल्दै १ गोल गरेका थिए। क्लबका अध्यक्ष हसान काभुसोग्लुले ड्राइभर निदाएका कारण बस दुर्घटनामा परेको जनाएका छन् ।
सोही गाडीमा लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर पनि रहेको जनाइएको छ । तर उनलाई कुनै शारीरिक चोट भने नलागेको छ । स्टेभन क्लकर र अन्य ५ को सामान्य उपचार भइरहेको छ ।