१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा चेकका स्ट्राइकर सुरालको मृत्यु



अ+ अ-

काठमाडौं। ट्रकीको केस्रीमा गेम खेलेर आउँदै गरेका खेलाडीहरु चडेको बस दुर्घटनाहुँदा स्ट्राइकरको मृत्यु भएको छ । ७ खेलाडी बोकेको प्राइभेट मीनिबस दुर्घटनाहुँदा गम्भिर घाइते भएका चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटनामा परेको हो । यसै जनवरीमा क्लबमा लागेका उनले चेकबाट २० खेल खेल्दै १ गोल गरेका थिए। क्लबका अध्यक्ष हसान काभुसोग्लुले ड्राइभर निदाएका कारण बस दुर्घटनामा परेको जनाएका छन् ।
सोही गाडीमा लिभरपुलका पूर्व डिफेन्डर स्टेभन क्लकर पनि रहेको जनाइएको छ । तर उनलाई कुनै शारीरिक चोट भने नलागेको छ । स्टेभन क्लकर र अन्य ५ को सामान्य उपचार भइरहेको छ ।