२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गा प्रकरण : नेकपामा बदनामीको चिन्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा सचिवालय सदस्यहरुले सरकारले ल्याउन लागेको बजेटसँगै ललितानिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए । बैठकमा सहभागी सदस्यहरुले महासचिव नै सो प्रकरणमा मुछिएपछि पार्टीकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सुरुमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवासको जग्गा फिर्ता गर्ने सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गर्दै त्यसमा कसकसबाट त्रुटि भएको हो त्यसलाइृ मिहीन ढंगले केलाउनु पर्नेमा जोड दिएको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।