२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमारले समर्थकलाई मुक्का हानेपछि….



अ+ अ-

काठमाडौं । युरोपियन फुटबल महासंघ (युएईएफए)बाट तीन खेल प्रतिबन्धको कारबाहीमा परेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारले फेरि अर्को आलोचना खेप्नु परेको छ । अहिले पीएसजीका प्रशिक्षक थोमस टुचेलले नै आफ्ना स्टार खेलाडी नेइमारको आलोचना गरेका छन् ।

दुई दिनअघि फ्रेन्च कपको फाइनलमा पिएसजी रेनेससँग पराजित भएपछि नेइमारले एक समर्थकलाई मुक्का हानेका कारण आलोचना भएको हो । एसजी फ्रेन्च कपको फाइनलमा रेनेससँग सडनडेथमा ६–५ गोलले पराजित भएको थियो । त्यसपछि रिसले चुर बनेका नेइमारले दोस्रो पुरस्कार थाप्न मञ्जमा जाने क्रममा समर्थकलाई मुक्का हानेका थिए । पीएसजीका खेलाडीसँग फोनमा फोटो खिचिरहेका एक समर्थकको फोन खोसेर मुक्का हानेपछि नेइमारलाई अन्य खेलाडीले तत्काल सम्हालेका थिए । उक्त घटनापछि नेइमारको आलोचना भएको हो ।

प्रशिक्षक टुचेलले नेइमारलाई समर्थकसँग लडाइ गर्ने छुट नभएको बताएका छन् । ‘पुरस्कार थाप्न जान मलाई पनि निकै गाह्रो भएको थियो । बास्तवमा त्यो सबैका लागि कठिन अवस्था थियो । यदि हार्छौं भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ,’ टुचेलले भने ।

नेइमारले भने आफूले त्यस्तो गल्ती नगरेको बताएका छन् । ‘मैले के नै गल्ती गरेँ । कोही पनि फरक तरिकाले बस्न सक्दैन र खेल गुमाउन पनि चाहँदैन,’ नेइमारले इन्स्टाग्राममा लेखेका छन् । चोटका कारण गत जनवरीदेखि विश्राममा रहेका नेइमारले रेनेसविरुद्धको खेलबाट टोलीमा पूरा समय खेलेका थिए ।

पछिल्ला सिजन फ्रेन्च कप उपाधिमा एक छत्र राज गर्दै आएको पीएसजीले यस पटक फाइनलमा हार खेपेको हो । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त खेल बेन्चमा बसेर हेरेका नेइमारले रेफ्रीले भिएआरको सहायतामा युनाइटेडलाई पेनाल्टी दिएपछि रेफ्रीको निर्णयप्रति आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण युएइएफएले नेइमारलाई आगामी सिजन तीन खेल प्रतिबन्ध गरेको छ । समर्थकमाथि जाइलागेका नेइमारलाई फेरि अर्को कारबाही हुन सक्ने बताइएको छ ।