६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड गरे कमाल ! सिङ्गै फोरम नेकपामा भित्र्याए



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपालबिच एकिकरण भएको छ ।

मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास ललितपुरको खुमलटारमा अमर यादव अध्यक्ष रहेको फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै नेकपासँग पार्टी समायोजना गरिएको बताए ।
नेकपाका नेता प्रभु साहको पहलमा प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् ।