१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा, अख्तियारले थाल्यो अनुसन्धान



अ+ अ-

काठमाडौं । ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर-अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्तिक र संस्थाले कब्जा गरेका छन् । त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो ।

बहालवाला सांसदहरुबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । परवानीपुुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रम गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन् । खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । खातुनको परिवार अहिले यही घरमा बस्दै आएको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।