२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारका भूमाफिया पदबाट राजीनामा दिँदै, धमाधम विदेश फरार



अ+ अ-

काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्ग सरकारले रोक्का राखेर छानविन थालेको ५० दिन भइसकेको छ। तर, जग्गा प्रकरणमा संलग्न एक जना पनि पक्राउ परेका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ। तर, मुख्य सुत्रधारलाई निगरानीमा समेत राखेको छैन।

उनीहरु आफैँ सजग हुँदै विदेश लागिरहेका छन्। विवाद उजागर भएपछि कुमारी बैँकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन्। ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको श्रोतको भनाई छ।

सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन्। शोभाकान्त ढकाल र रामकुमार सुेवेदीको समूहले बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा पुरानो दरबार किनेको खुलासा भएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।