१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिदी बहिनीलाई बेहोस बनाएर बलात्कार



अ+ अ-

काठमाडौं । बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन् ।

घरमा कोही नरहेको मौका छोपी साहले १४ वर्षीया एक बालिका बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरीक्षक अमीर दहालले बताए ।

घरमा दिदी र बहिनीमात्र रहेको बेला साह पछाडिबाट घरमा पसेर दिदीको बलात्कार गरेका थिए । पीडित बालिकाले दुवैजनालाई बेहोस बनाएर साहले बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रहरी निरीक्षक दहालले आइतबार घटना भए पनि सोमबार दिउँसो पीडितको अभिभावकले फोन गरी जानकारी गराएको बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी आरोपित साहको खोजीमा जुटेको उनको भनाइ छ ।

घटनापछि फरार साहलाई सोमबारै राति नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।, राजधानी दैनिकले समाचार छापेको छ ।