६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ महिनामा १० पटक विदेश भ्रमणमा नेपाल



अ+ अ-

काठमाडौं । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे। यो उनको दोस्रो अमेरिका भ्रमण हो।

पटक पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुन थालेको छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पार्टी एकता घोषणा भएको ११ महिनामा १० पटक विदेश भ्रमणमा निस्केका हुन् ।

उनी नेकपाभित्र सबैभन्दा बढी विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन्। उनी सबैभन्दा चीन तीन पटक गएका छन्। अमेरिका दुई पटक पुगे। बेलायत, लाओस, घाना, कम्बोडिया, ब्राजिल एक एक पटक भ्रमण गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।