२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक मेस्सीलाई स्पेनको प्रतिष्ठित अवार्ड



अ+ अ-

काठमाडौं । अर्जेनिटी तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड जितेका छन् । उनले पहिलो पटक स्पेनको प्रतिष्ठित अवार्ड ‘सेन्ट जर्ज क्रस’ जितेका हुन् ।

सन् १९८१ बाट प्रदान गरिदै आएको यस अवार्डलाई क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिने गरिन्छ । जुन अवार्ड स्पेनको क्याटलोनियाले सरकारले प्रदान गर्ने गर्दछ ।

बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले क्याटलोनिया र बार्सिलोनाका लागि विशेष योगदान पुर्याएको भन्दै उनलाई पहिलो उपट उक्त अवार्डले सम्मान गरिएको हो । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले जारी सिजनको पहिलो उपाधि जिति सकको छ ।

सिजनको पहिलो उपाधिको रुपमा ला लिगाको उपाधि जितेका उनले अबको लक्ष्य च्याम्पियन्स लिग भएको बताएका छन् । उनले ला लिगामा जारी सिजनका ३२ खेल खेल्दा ३४ गोल गरेका छन् ।

सबै खाले ४५ खेलमा ४६ गोल गरेका मेस्सी यस सिजनको गोल्डेनबुटका एक्ला दाबेदारका रुपमा रहेका छन् । उनले यसअघि पाँच पटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् ।