६ आश्विन २०८१, आईतवार
,
Latest
दुर्गा प्रसाईलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भ्रमणमा जाँदै, राष्ट्रपति भण्डारी फर्किंदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २६ वैशाखदेखि १ जेठसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने भएका छन् । जेठमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सातदिने अस्ट्रिया भ्रमण गर्दै छन् । यता, अमेरिकी र भारतीय अधिकारीको पनि नेपालमा भ्रमण हुँदै छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओली २६ वैशाखमा आफ्ना समकक्षी सुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै छन् । चीनको छिमेकी भियतनाममा उच्चस्तरीय भेटवार्ता सकेर ओली समकक्षी हुन सेनको निमन्त्रणामा कम्बोडिया जानेछन् । प्रधानमन्त्री १ जेठमा स्वदेश फर्किने तय भएको छ ।

कम्बोडियाका प्रधानमन्त्री गत भदौमा बिमस्टेकको सम्मेलनका क्रममा औपचारिक भ्रमणमा आएका थिए । उनको निमन्त्रणामा प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण हुन लागेको परराष्ट्र अधिकारीले बताए । भियतनाम र कम्बोडियामा प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो । दुवै देशमा नेपाली दूतावास छैन । बैंककस्थित नेपाली दूतावासले भ्रमणको संयोजन गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत साता प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण हुने जानकारी दिएका थिए । उनले द्वन्द्वको चरणबाट गुज्रेका भियतनाम र कम्बोडियाले हासिल गरेको दु्रत आर्थिक वृद्धिको अनुभव नेपालका लागि उपयोगी हुनेसमेत बताएका थिए ।

१२ देखि १८ जेठसम्म अस्ट्रिया भ्रमणमा उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुन १२ देखि १८ जेठमा अस्ट्रियाको औपचारिक भ्रमणमा जाँदै छन् । मन्त्रिपरिषद्ले उनको भ्रमण स्वीकृत गरिसकेको छ । भियनास्थित नेपाली दूतावासले उनको भ्रमणको संयोजन गरिरहेको छ । पुनले अस्ट्रियाका राष्ट्रपति डा। अलेक्जेन्डर भान डेर बेलेनलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनायो ।

मोदीका सचिव बिहीबार आउँदै
पुनर्निर्माणका विषयमा छलफल गर्न भारतको प्रधानमन्त्री कार्यालयका सचिव डा। प्रमोदकुमार (पिके) मिश्रा काठमाडौं आउने तयारी भइरहेको साउथ ब्लक सूत्रले बताएको छ । भारतीय प्रधानमन्त्री कार्यालयका प्रमुख अतिरिक्त सचिव मिश्रा बिहीबार आउँदै छन् । भूकम्पपछि गुजरातको पुनर्निर्माणका प्रमुख योजनाकार मानिने उनी यसअघि पनि पुनर्निर्माणबारे छलफल गर्न आएका थिए । मिश्राले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग बिहीबारै भेटवार्ता गर्ने कार्यक्रम छ । प्राधिकरण स्रोतका अनुसार मिश्राले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने र भारतीय सहयोगमा गोरखामा जारी पुनर्निर्माण परियोजनाको अवलोकन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री मोदीका निकट मिश्रालाई भारतमा सबैभन्दा शक्तिशाली कर्मचारीका रूपमा लिइन्छ । उनी मोदीकै गृहनगर गुजरातका बासिन्दा हुन् ।

अमेरिकी अधिकारीको अकस्मात् भ्रमण, उत्तर कोरिया चासो

अमेरिकी विदेश मन्त्रालयका प्रिन्सिपल डेपुटी एसिस्टेन्ट सेक्रेटरी एलिस जी वेल्सले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा करिब ४५ मिनेट शिष्टाचार वार्ता गरिन् । अमेरिकी अधिकारीले चिनियाँ बिआरआईमा नेपाल सहभागी हुन नहुने लबिङ गरिहेका वेला र राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा रहेका समयमा उनी अकस्मात् काठमाडौं आएकी हुन् । यसअघि पनि नेपाल आएकी उनी अमेरिकी स्टेट डिपार्टमेन्टको दक्षिण तथा मध्य एसिया ब्युरो प्रमुख हुन् ।

बेल्स काठमाडौं आउने पूर्वनिर्धारित कार्यक्रम थिएन । अमेरिकी स्टेट डिपार्टमेन्टको दक्षिण तथा मध्य एसिया ब्युरोले ९ वैशाखमा जारी गरेको प्रेस नोटमा बेल्सले भारत, भुटान र पाकिस्तान भ्रमण गर्ने उल्लेख छ । उनी भारत र भुटान भ्रमण सकेर पाकिस्तान जाने क्रममा नेपाल आएकी हुन् । उनी भारतमा रहँदा नेपाल आउने कार्यक्रम तय भएको अमेरिकी स्रोतले बतायो । उनी सोमबार पाकिस्तानतर्फ लागेकी छिन् ।

‘बेल्स ३० र ३१ वैशाखमा नेपाल आउने कार्यक्रम रहेछ, तर त्यो वेला प्रधानमन्त्रीज्यू देशबाहिर ९भियतनाम र कम्बोडिया० हुने कारण भेट्न सम्भव भएन, त्यसकारण अहिले नै भेट्ने इच्छा कूटनीतिक च्यानलबाट प्राप्त भयो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘त्यही सिलसिलामा उनले नेपाल आएर प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।’

प्रधानमन्त्रीसँग भेटमा नेपाल–अमेरिका समबन्धका ७२ वर्षबारे औपचारिक समीक्षाबाहेक उत्तर कोरियाबारे चासो राखेकी थिइन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बेल्सले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा दबाबका लागि नेपालको ऐक्यबद्धता अपेक्षा गरेको बताइन् । प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय वडापत्र र प्रस्तावका आधारमा नेपालको विदेश नीति सञ्चालन भइरहेको जवाफ दिए । तर, प्रधानमन्त्रीले उत्तर कोरियाबारे केही बोलेनन् । बरु ओलीले अमेरिकासँग ७२ वर्ष पुरानो सम्बन्धलाई नेपालले उच्च महत्व, यसबीचमा नेपालको आर्थिक विकासमा अमेरिकी योगदानलाई नेपालले सम्झिरहेको जबाफ दिए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बेल्सले विगतमा जस्तो तिब्बती शरणार्थी तथा चिनियाँ बेल्ट एन्ड रोल इनिसिएटिभ्सबारे चर्चा गरिनन् । बरु, नेपालमा रहेका अमेरिकी पिस कोरमा कार्यरत अमेरिकीहरूको भिसा सहजीकरणका लागि आग्रह गरिन् । अमेरिकी पिसकोरका सदस्यलाई वर्षैपिच्छे भिसा नवीकरण गर्न अमेरिका जाने अप्ठेरो फुकाइदिन उनको आग्रह थियो । प्रधानमन्त्री ओलीले सहजीकरण गरिदिने आश्वासन दिएका छन् ।

बेल्स फेरि आउँदै
बेल्स नियमित औपचारिक भ्रमणका लागि ३० र ३१ वैशाखमा नेपाल आउन लागेको कूटनीतिक स्रोतले बतायो । उनले पाँच वर्षमा खर्च गर्ने गरी अमेरिकी सरकारले सहस्राब्दी विकास कार्यक्रमअन्तर्गत नेपाललाई दिन लागेको ५० अर्ब रुपैयाँका परियोजनाबारे परराष्ट्रसचिव शंकरदास बैरागीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । यसअघि बैरागीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक भमणका क्रममा वासिङटनमा बेल्ससँग अलग्गै वार्ता गरेका थिए ।

एक दिन भ्रमण छोट्याएर राष्ट्रपति आज फर्किंदै
राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको कार्यतालिका एक दिन छोट्याएर बुधबार स्वदेश फर्किने भएकी छिन् । राजकीय भ्रमणका क्रममा बेइजिङबाट मंगलबार अपराह्न ल्हासा पुगेकी उनी बिहान १०ः४० बजे काठमाडौं फर्किंदै छिन् ।

यसअघि उनी बिहीबार दिउँसो एयर चाइनाको उडानबाट स्वदेश फर्किने कार्यक्रम थियो । ‘राष्ट्रपतिज्यू सिचुआन एयरलाइन्सको पहिलो उडानबाट बिहान १०ः४० मा काठमाडौं आउने जानकारी गृह मन्त्रालयबाट प्राप्त भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले भने । राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको भए पनि पुष्टि हुन सकेन ।

मंगलबारका भेटघाट सकिएपछि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहज भएपछि काठमाडौैं फर्किने योजना बनेको हो । उनले बुधबार पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्नेलगायत कार्यक्रम थिए । यो समाचार नयाँ पत्रिकाबाट लिइएको हो ।