६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुयलामा विपक्षी प्रदर्शनकारीमाथि सरकारले बख्तरबन्द गाडी कुदायो(भिडियोसहित)



अ+ अ-

काठमाडौं । भेनेजुयलामा निकोलास मुदेरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको छ।

विपक्षी नेता हुवान ग्वाइदोले मंगलबार राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य विद्रोहको आह्वान गरेपछि आन्दोलनमा उत्रिएपछि भेनेजुएला तनावग्रस्त बनेको हो ।

उनले राष्ट्रपति निकोलस मादुरोलाई हटाउनका लागि निर्णायक कारवाहीको अपिल गरेसँगै थुप्रै संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् ।

गुएदोले विद्रोहका लागि अपिल गरेको भिडियोमा भेनेजुयलाको राजधानी काराकसमा स्थित हवाई सैन्यको आधार क्षेत्रमा उनी समर्थित कयौं सैनिकसहित देखिएका छन्। सो भिडियो सार्वजनिक भएलगत्तै गुएदो र मदुरोका सैन्य समर्थकहरूबिच झडप भएको छ।

यता, राष्ट्रपति मादुरोले विपक्षी नेता गुआन ग्वाइदा र लियोपोल्दो लोपेजद्वारा आयोजित विरोध कार्यक्रमलाई अमेरिकी साम्राज्यवादको समर्थनमा गरिएको ‘कू’ को प्रयास बताएका छन् । उनका अनुसार उनीहरुको यस्तो प्रयास विफल भएको छ ।

‘वैध सरकारलाई हमला एवं सत्ताच्यूत गरेर भेनेजुएलालाई दास बनाउने प्रयास भइरहेको छ । देशको सेना शान्तिको पक्षमा उभिएकोमा म धन्यवाद दिन चाहन्छु,’ मादुरोले थपे ।

यसैगरी भनेजुयलाका संचारमन्त्री जोर्ज रोड्रिगेजले ट्वीटरमा गुएदोको यस हर्कतलाई ‘कु’को संज्ञा दिदैं सरकारले सानोसानो संख्यामा रहेका देश्द्रोहीहरूलाई निस्क्रिय पारिरहेको दाबी गरेका छन्।

https://twitter.com/NewsBreaking/status/1123260850410643456