६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीसँग मेस्सीलाई रोक्न कुनै योजना छैन : जोर्गेन क्लोप



अ+ अ-

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले बार्सिलोनाका कप्तान मेस्सीलाई रोक्न आफूसँग कुनै योजना नभएको बताएका छन् ।

बुधबारको खेल अघि गरिएको पत्रकार सम्मेलनमा क्लोपले भने, धेरैले मेस्सीलाई रोक्ने योजना बनाए । तर, प्रायः सबै फेल भए । हामीसँग मेस्सीलाई रोक्नकै लागि कुनै योजना छैन ।

क्लोपले बार्सिलोनाविरुद्ध आफूहरूले आक्रामक खेल खेल्ने बताए । आफूहरू गोल गर्न चाहे पनि बार्सिलोनाले सजिलै गोल गर्न नदिने बताए ।

खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आज नेपाली समय अनुसार १२ः४५ बजेबाट शुरू हुनेछ ।