६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समुहका ५ कार्यकर्ता कारागार चलान



अ+ अ-

विराटनगर । नेत्रबिक्रम चन्द विप्लव समुहका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सुनसरीमा न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो ।

गत चैत १० गते मोरङको कानेपोखरीबाट कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, गत चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, चैत १३ गते सुनसरीका रमेश खड्का र गत फागुन १५ गते हतियारसहित पक्राउ परेका देबकुमार साँवा प्रहरी हिरासतमा थिए ।

उनीहरुमध्ये लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।