६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको हतियार खोसेर रक्सी तस्कर फरार



अ+ अ-

जनकपुर । लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करले धनुषामा प्रहरीको हतियार खोसेर भागेका छन् ।

घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल–भारत नाकामा मंगलबार राति उक्त समूह लाई प्रहरीले रोक्न खोज्दा हतियार खोसेर भागेको घनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन् ।

प्रजिअ कणेलकाअनुसार घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षको घटनास्थलमा गएको थियो। अहिले डीएसपी ज्ञानकुमार महतोको टोली गएर तस्करहरुको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।