३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

चेन्नईसँग दिल्लीको लज्जास्पद हार

चेन्नईसँग दिल्लीको लज्जास्पद हार
अ+ अ-

काठमाडौँ । गए राति ईन्डीयामा जारी आइपिएल खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ ।दिल्ली चेन्नईसँग ८० रनले पराजित भएको हो ।

दिल्लीका ब्याट्सम्यानले निकै खराब प्रदर्शनका कारण चेन्नईले दिएको १८० रनको लक्ष्य दिल्लीले १६.२ ओभरमा ९९ रन बनाउदा अल आउट भएपछि चेन्नई ८० रनले विजयी भएको हो ।

यस हारमा दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४४ रन बनाए भने शिखर धवनले १९ रन बनाए । यी दुइ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीका पृथ्वी शाले ४, रिषव पन्तले ५, कोलिन इन्ग्रामले १, अक्सर पटेलले ९, रदरफोर्डले २, क्रिस मोरिसले ०, जगदिशा सुचिथले ६, अमित मिश्राले ८ र ट्रेन्ट बोल्टले १ रन बनाएका थिए ।

चेन्नईका स्पिनरले दिल्लीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा इमरान ताहिरले ३।२ ओभरमा १२ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ ओभरमा ९ रन दिएर ३ विकेट लिएका थिए । हरभजन सिंहले ४ ओभरमा २८ रन दिएर एक विकेट लिए । त्यस्तै दिपक चहरले ३ ओभरमा ३२ रन दिएर एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले सर्वाधिक ५९ रन बनाएका थिए ।

रैनाले ३७ बलमा ५९ रन बनाएका थिए । त्यस्तै फाफ डु प्लेसिसले ३९ रन बनाएका थिए भने रविन्द्र जडेजा २५ रन बनाएर आउट भएका थिए । त्यस्तै अम्बाती रायाडूले अविजित ५ रन बनाए भने शेन वाटशन शुन्य रनमा आउट भएका थिए ।

कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ४४ रन बनाएका थिए । धोनीले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

दिल्लीका बलर जगदीषा सुचिथले २ विकेट लिएका थिए भने क्रिस मोरिस र अक्सर पटेलले एक एक विकेट लिएका थिए । सन्दीपको ठाउमा आज खेलेका बलर क्रिस मोरिसले ४ ओभरमा ४७ रन दिएर एक विकेट लिए । त्यस्तै यस सिजनमा पहिलो दोस्रो खेल खेलेका ट्रेन्ट बोल्टले ४ ओभरमा ३७ रन दिए भने उनी विकेट विहिन बनेका थिए ।

यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अन्तिम समयमा बेन्चमा राखिएको थियो । सुरुको टिम घोषणामा सन्दीप टिममा रहेको बताइएको भएपनि उनको ठाउमा क्रिस मोरिसलाई खेलाइएको थियो ।

खेलको प्लेयर अफ द म्याच २२ बलमा ४४ रन बनाएका महेन्द्र सिंह धोनी बनेका थिए ।

यो जितपछि चेन्नई १३ खेलमा १८ अंकसहित शिर्ष स्थानमा पुगेको छ भने दिल्ली भने १३ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

अब यस आइपिएलको लिग चरणको अन्तिम खेलमा चेन्नई किंग्स इलेभेन पंजावविरुद्ध खेल्ने छ भने दिल्ली आफ्नो अन्तिम खेल राजस्थान रोयल्स विरुद्ध खेल्ने छ ।

आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुने छ ।