१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईसँग दिल्लीको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । गए राति ईन्डीयामा जारी आइपिएल खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ ।दिल्ली चेन्नईसँग ८० रनले पराजित भएको हो ।

दिल्लीका ब्याट्सम्यानले निकै खराब प्रदर्शनका कारण चेन्नईले दिएको १८० रनको लक्ष्य दिल्लीले १६.२ ओभरमा ९९ रन बनाउदा अल आउट भएपछि चेन्नई ८० रनले विजयी भएको हो ।

यस हारमा दिल्लीका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४४ रन बनाए भने शिखर धवनले १९ रन बनाए । यी दुइ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीका पृथ्वी शाले ४, रिषव पन्तले ५, कोलिन इन्ग्रामले १, अक्सर पटेलले ९, रदरफोर्डले २, क्रिस मोरिसले ०, जगदिशा सुचिथले ६, अमित मिश्राले ८ र ट्रेन्ट बोल्टले १ रन बनाएका थिए ।

चेन्नईका स्पिनरले दिल्लीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा इमरान ताहिरले ३।२ ओभरमा १२ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ ओभरमा ९ रन दिएर ३ विकेट लिएका थिए । हरभजन सिंहले ४ ओभरमा २८ रन दिएर एक विकेट लिए । त्यस्तै दिपक चहरले ३ ओभरमा ३२ रन दिएर एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले सर्वाधिक ५९ रन बनाएका थिए ।

रैनाले ३७ बलमा ५९ रन बनाएका थिए । त्यस्तै फाफ डु प्लेसिसले ३९ रन बनाएका थिए भने रविन्द्र जडेजा २५ रन बनाएर आउट भएका थिए । त्यस्तै अम्बाती रायाडूले अविजित ५ रन बनाए भने शेन वाटशन शुन्य रनमा आउट भएका थिए ।

कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ४४ रन बनाएका थिए । धोनीले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

दिल्लीका बलर जगदीषा सुचिथले २ विकेट लिएका थिए भने क्रिस मोरिस र अक्सर पटेलले एक एक विकेट लिएका थिए । सन्दीपको ठाउमा आज खेलेका बलर क्रिस मोरिसले ४ ओभरमा ४७ रन दिएर एक विकेट लिए । त्यस्तै यस सिजनमा पहिलो दोस्रो खेल खेलेका ट्रेन्ट बोल्टले ४ ओभरमा ३७ रन दिए भने उनी विकेट विहिन बनेका थिए ।

यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अन्तिम समयमा बेन्चमा राखिएको थियो । सुरुको टिम घोषणामा सन्दीप टिममा रहेको बताइएको भएपनि उनको ठाउमा क्रिस मोरिसलाई खेलाइएको थियो ।

खेलको प्लेयर अफ द म्याच २२ बलमा ४४ रन बनाएका महेन्द्र सिंह धोनी बनेका थिए ।

यो जितपछि चेन्नई १३ खेलमा १८ अंकसहित शिर्ष स्थानमा पुगेको छ भने दिल्ली भने १३ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

अब यस आइपिएलको लिग चरणको अन्तिम खेलमा चेन्नई किंग्स इलेभेन पंजावविरुद्ध खेल्ने छ भने दिल्ली आफ्नो अन्तिम खेल राजस्थान रोयल्स विरुद्ध खेल्ने छ ।

आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुने छ ।