२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको दुई गोलसँगै ६०० औँ गोल पूरा



अ+ अ-

काठमाडौं। बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ६०० औँ गोल पूरा गरेका छन् । बुधबार राति भएको च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो खेलमा दुई गोल गरेसँगै मेस्सीले बार्सिलोना क्लबको लागि ६०० औं गोल पूरा गरेका हुुन् ।

च्याम्पियनस लिग अन्तरग बुधबार राति भएको खेलमा बार्सिलोनाले ३(० गोल अन्तरको शानदार जित निकालेको थियो । बार्सिलोनालाई शानदार जित दिलाउनका लागि कप्तान मेस्सीले दुई गोल गरे भने थप एक गोल लुइस स्वारेजले गरे ।

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका ३१ वर्षिय मेस्सीले १५ वर्षको अन्तरालमा ६०० गोल पूरा गरेका हुन् । उनले हालसम्म बार्सिलोनाबाट जम्मा ६८३ खेल खेलेका छन् ।

मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता र असिस्टकर्ता खेलाडी हुन् । त्यत्ति मात्रै हैन, उनी बार्सिलोनाका लागि सबैभन्दा बढी उपाधि जित्ने खेलाडी पनि हुन् ।