३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड

मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यकालीन नेपालको कालीगढी नमूना मकवानपुरगढी देशको सम्पत्ति हो, यो हाम्रो इतिहास हो, इतिहास भनेको सम्पत्ति हो, हामी सबै मिलेर यसको संरक्षण गर्नुपर्छ ।”

गढी अवलोकनमा सँगै आउनुभएका प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले मकवानपुरगढी देशका गढीमध्ये महत्वपूर्ण गढी भएको र यस वरिपरिका शाखा गढीको पनि उत्तिकै महत्व रहेको बताउँदै यसको ऐतिहासिक महत्वअनुसार संरक्षण गरेर छिमेकी मुलुक भारत तथा चीनका समेत पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । गढीको संरक्षण र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

त्यस्तै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले मकवानपुर आएका जो कोहीलाई मकवानपुरगढीले आकर्षित गर्ने बताउनुभयो । गढीको विकासका लागि प्रदेशले गुरुयोजना बनाएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । सङ्घीय सरकारले समेत महत्व दिएको देशका १०० गन्तव्यमध्ये एक मकवानपुर गढीको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने उहाँको धारणा थियो । वंशगोपाल मन्दिरसमेत रहेको गढीमा ठूलीएकादशी, कृष्णाजन्माष्टमीलगायतका पर्वमा मेलासमेत लाग्ने हुँदा धार्मिक पर्यटक आकर्षित गराउन सकिने उहाँको भनाइ थियो ।

भ्रमण टोलीमा रहनुभएका प्रदेशसभा सदस्य तथा नेकपा प्रमुख सचेतक रामेश्वर फुयाँलले नेपाली सेनाले आफ्नो रणकौशलमार्फत् विदेशी सेनालाई हार खुवाएको भूमि मकवानपुरगढीको मौलिक व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । विभिन्न भाषामा मकवानपुरगढीको प्रचारप्रसारका सामग्री निर्माण गरेर देश विदेशमा चिनाउनुपर्ने उहाँको भनाइ थियो ।

भ्रमणमै रहनुभएका प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले मकवानपुरगढीलाई प्रदेश सरकारले अत्यन्तै महत्वपूर्ण ऐतिहासिक धरोहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।