२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल गाडेको दुई वर्षपछि बिजुली



अ+ अ-

तनहुँ । पोल गाडेको दुई वर्षपछि तनहुँको घिरिङ गाउँपालिका–४ मा बिजुली बलेको छ । बिजुलीको पोल र तार जडान गरेको दुई वर्षपछि गाउँपालिकाको पहलमा १५५ घरधुरीमा बिजुली बलेको हो ।

कोट साभुङमा राखिएको ट्रान्सफर्मरमार्फत् साविक भगवतीपुरको रामकोट, जितपुर, थामडाँडा, फूला, गुरुङगाउँ र सिप्लुङका घरमा विद्युत् सेवा पुगेको स्थानीयवासी सुमनकुमार श्रेष्ठले बताउनुभयो । स्थानीयवासी मोहन रानाभाटले टुकीको भरमा बाँच्न बाध्य भएका यहाँका स्थानीयवासी बत्ती बाल्न पाएपछि खुशी भएको बताउनुभयो ।

तत्कालीन जिल्ला विकास समितिले दुई वर्षअघि पोल र तारमात्र जडान गरेको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले विद्युत् नपुगेका ठाउँमा विद्युत् जडानको पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं १ मा विद्युत् विस्तारको काम भइरहेको छ ।