• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

थाइल्याण्डका राजाले गरे आफ्नी अंगरक्षकसँग विवाह, विवाह लगत्तै रानीको पदवी प्रदान



काठमाडौं। बुधबार थाइल्याण्डका राजा वजिरालंगकर्नले उनको व्यक्तिगत सुरक्षा टिमकी उपप्रमुख सुथिदा टिदजाईसँग विवाह गरेका छन् । विवाह लगतै टिदजाईलाई रानीको पदावी दिइएको छ ।

राज्यभिषेकको तीन दिन अघि भएको विवाहको घोषणाबाट धेरै आश्चर्यमा परेका छन् । विवाह राजपत्रमार्फत घोषणा गरिएको थियो । बुधबार भएको विवाह समारोहको फुटेज सबै थाई टीभी च्यानलमा बेलुकीपख प्रशारण हुने दरबार खण्डमा देखाइएको थियो ।

६६ वर्षे वजिरालंगकर्न थाइल्याण्डमा निक्कै लोकप्रिय रहेका उनका पिता राजा भूमिवोल अदुलयादेजको मृत्युपछि राजा भएका हुन् । ७० वर्षसम्म राजा भएका भूमिवोलको सन् २०१६ अक्टोबरमा मृत्यु भएको थियो ।
राजाको कामकाज गरिरहे पनि वजिरालंगकर्नको अझै राज्यभिषेक भएको छैन । पूर्व राजाको मृत्युको शोक अवधि चलिरहेकाले यो अवधिमा सुभकाम नगरिहएको हो ।

शनिवारबाट उनको राज्यभिषेक समारोह सुरु हुने समयतालिका छ । सोही समारोहलाई मध्यनजर गरेर उनले विवाह गरेको विश्वास गरिएको छ ।

थाइल्याण्डमा राज्यभिषेकको क्रममा बौद्ध र ब्रामण्डबाट विशेष पुजा हुने गर्छ । त्यसको भोलिपल्ट राजधानी बैंककमा राजा रानी सहितको राज्यभिषेक यात्रा हुन्छ ।

सन् २०१४ मा वजिरालंगकर्नले सुथिदालाई उनको अंगरक्षक टिमको उप–कमाण्डका रुपमा चुनेका थिए । सुथिदा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् ।

केही शाही विश्लेषक तथा विदेशी मिडियाले पहिले नै सुथिदा र राजाबीच सम्बन्ध रहेको चर्चा गरेको थिए । तर थाई दरबारले यसबारेमा कहिले पनि केही बताएन ।

राजा भइसकेपछि वजिरालंगकर्नले सुथदालाई जनरल बनाएका थिए । साथै उनलाई शाही पदावी ‘थन्पुयीङ’ पनि प्रदान गरिएको थियो । वजिरालंगकर्नमा विगतमा तीन पटक विवाह भएको थियो । तर सबै विवाह डिभोर्समा टुगिंएको थियो । विगतका सम्बन्धबाट उनका सात सन्तान छन् ।