४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

थाइल्याण्डका राजाले गरे आफ्नी अंगरक्षकसँग विवाह, विवाह लगत्तै रानीको पदवी प्रदान

थाइल्याण्डका राजाले गरे आफ्नी अंगरक्षकसँग विवाह, विवाह लगत्तै रानीको पदवी प्रदान
अ+ अ-

काठमाडौं। बुधबार थाइल्याण्डका राजा वजिरालंगकर्नले उनको व्यक्तिगत सुरक्षा टिमकी उपप्रमुख सुथिदा टिदजाईसँग विवाह गरेका छन् । विवाह लगतै टिदजाईलाई रानीको पदावी दिइएको छ ।

राज्यभिषेकको तीन दिन अघि भएको विवाहको घोषणाबाट धेरै आश्चर्यमा परेका छन् । विवाह राजपत्रमार्फत घोषणा गरिएको थियो । बुधबार भएको विवाह समारोहको फुटेज सबै थाई टीभी च्यानलमा बेलुकीपख प्रशारण हुने दरबार खण्डमा देखाइएको थियो ।

६६ वर्षे वजिरालंगकर्न थाइल्याण्डमा निक्कै लोकप्रिय रहेका उनका पिता राजा भूमिवोल अदुलयादेजको मृत्युपछि राजा भएका हुन् । ७० वर्षसम्म राजा भएका भूमिवोलको सन् २०१६ अक्टोबरमा मृत्यु भएको थियो ।
राजाको कामकाज गरिरहे पनि वजिरालंगकर्नको अझै राज्यभिषेक भएको छैन । पूर्व राजाको मृत्युको शोक अवधि चलिरहेकाले यो अवधिमा सुभकाम नगरिहएको हो ।

शनिवारबाट उनको राज्यभिषेक समारोह सुरु हुने समयतालिका छ । सोही समारोहलाई मध्यनजर गरेर उनले विवाह गरेको विश्वास गरिएको छ ।

थाइल्याण्डमा राज्यभिषेकको क्रममा बौद्ध र ब्रामण्डबाट विशेष पुजा हुने गर्छ । त्यसको भोलिपल्ट राजधानी बैंककमा राजा रानी सहितको राज्यभिषेक यात्रा हुन्छ ।

सन् २०१४ मा वजिरालंगकर्नले सुथिदालाई उनको अंगरक्षक टिमको उप–कमाण्डका रुपमा चुनेका थिए । सुथिदा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् ।

केही शाही विश्लेषक तथा विदेशी मिडियाले पहिले नै सुथिदा र राजाबीच सम्बन्ध रहेको चर्चा गरेको थिए । तर थाई दरबारले यसबारेमा कहिले पनि केही बताएन ।

राजा भइसकेपछि वजिरालंगकर्नले सुथदालाई जनरल बनाएका थिए । साथै उनलाई शाही पदावी ‘थन्पुयीङ’ पनि प्रदान गरिएको थियो । वजिरालंगकर्नमा विगतमा तीन पटक विवाह भएको थियो । तर सबै विवाह डिभोर्समा टुगिंएको थियो । विगतका सम्बन्धबाट उनका सात सन्तान छन् ।