६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुण्डिएको अवस्था शव भेटियो



अ+ अ-

काठमाडौं । राजधानीको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ४० वर्षका आङदेवा शेर्पा महानगरपालिका ७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

अनुसन्धानको प्रारम्भिक प्रक्रिया पूरा गरेर शवलाई पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले बताएको छ ।