३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै
अ+ अ-

दाङ । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ ।
घरेलु तथा साना उद्योग महासङ्घ नवलपरासी र जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त आयोजनामा सदरमुकाम परासीमा बुधबारदेखि शुरु भएको ‘प्रथम लघु, घरेलु तथा साना उद्योेग महोत्सव एवं प्रविधि प्रदर्शनी २०७६’ को उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “स्थानीय कच्चापदार्थमा आधारित लघु तथा घरेलु उद्योगको पक्षमा सरकारले नीति निर्माण गर्छ, स्थानीयस्तरमा कच्चा पदार्थ सहज उपलब्ध हुने र तयारी वस्तुको बजारीकरण सुनिश्चित गर्न पनि सरकारले जिम्मा लिन्छ ।”

पूँजी अभावमा उद्योग गर्न नसक्नेलाई पनि सस्तो र सरल ब्याजमा ऋण उपलब्ध गराउनेतर्फ समेत सरकारले कदम चाल्ने उहाँले जानकारी दिनुभयो । यद्यपि सङ्घमा कानून निर्माणमा ढिलाइ हुँदा आफूहरुले कानून बनाएर तयारी अवस्थामा राखे पनि पारित गर्न नपाएको बताउनुभयो ।

“संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट उल्लेख गरिए पनि त्यसअनुसारको कानून सङ्घीय सरकारले बनाउन ढिलाइ गरेको छ, यसले गर्दा हामीलाई समस्या भएको हो ।” मन्त्री गिरीले भन्नुभयो ।

यस विषयमा सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको बताउँदै मन्त्री गिरीले छिट्टै गाँठो फुक्ने र सहज स्थिति आउने विश्वास पनि व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य वैजनाथ जयसवालले स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारको सुनिश्चित गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुभयो ।

महोत्सव आयोजक घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले जिल्लामा पहिलो पटक घरेलु उद्योग केन्द्रित महोत्सव सञ्चालन गरिएको बताउनुभयो । संघियता कार्यान्वयनपछि गाउँगाउँमा सरकारको उपस्थिति भए पनि ती सरकारबाट लघु घरेलु तथा साना उद्योगीको प्रवद्र्धनमा कुनै पहल हुन नसकेको उहाँको भनाइ थियो ।

आगामी २२ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कृषि तथा वनमा आधारित उद्योग, हस्तकलाका वस्तु, लघु उद्यम, परम्परागत प्रविधि लडिया, ढिकी, झाँतो, मोही पार्ने ठेकी तथा आधुनिक प्रविधि, ललितकला, सेलरोटी तथा नेपाली खानाका परिकारलगायतका ४० स्टल रहेको महासङ्घका कार्यक्रम अधिकृत रमेश भुसालले जानकारी दिनुभयो ।