३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विदेशबाट फर्केर तरकारीमा खेतीमा रामपुरका युवा, वार्षिक पाँच लाख आम्दानी

विदेशबाट फर्केर तरकारीमा खेतीमा रामपुरका युवा, वार्षिक पाँच लाख आम्दानी
अ+ अ-

पाल्पा । वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी खेती शुरु गरेको दिलबहादुर थापाले बताउनुभयो । “झण्डै एक दशक जति विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज छैन, गाउँमै बसेर तरकारी लगायो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भन्नुभयो ।

तरकारी खेती गर्न थालेको एक वर्ष भयो विभिन्न कृषिजन्य सामग्री अनुदानमा पनि पाइरहेको हुँदा व्यवसायमा झन हौसला बढेको थापाको भनाइ छ । अहिले गोलभेँडा, काँक्रा, सिमी, गाजरको उत्पादन शुरु भएको छ । बजार नजिकै भएको हुँदा बिक्री गर्न युवालाई सहज परेको छ ।

घरपरिवार, साथीभाइ, आफन्तको साथमा रहेर गाउँमा कृषि व्यवसाय गर्न पाउँदा आनन्दको अनुभूति भइरहेको लालबहादुर थापा बताउनुहुन्छ । उहाँ पनि करीब आठ वर्ष जति विदेशमा बस्नुभयो । विदेशको भोगाइले गाउँमै बसेर तरकारी खेती गर्ने मोह जगाएको उहाँ बताउनुहुन्छ ।

“विदेशमै लामो समय बिताइयो अहिले पछुतो लागिरहेको छ, विदेश जानुभन्दा अघि नै यहीँ बसेर तरकारी व्यवसाय गरेको भए अहिले ठूलै व्यवसायी भइँदो रहेछ”, थापाले भन्नुभयो । तरकारी व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने युवाको सोच छ । यहाँका दुई युवाले शुरु गरेको यो व्यवसाय रामपुर नगरपालिकाकै नमूना व्यवसायका रुपमा चिनिएको छ ।

बाँझो रहेको जमीनलाई सदुपयोग गर्दै युवाले तरकारी लगाएर हराभरा पारेको देख्दा छिमेकी दङ्ग छन् । वार्षिक रु ३० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका हुन् । युवाले गरेको व्यवसायलाई प्रोत्साहनस्वरुप रामपुर नगरपालिका–४ को कार्यालयले थोपा सिँचाइका लागि पाइप, तरकारीको बीउबीजन, स्प्रेलगायतका सामग्री प्रदान गरेको वडाध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ ।

“दुई युवाले विदेशबाट फर्केर अहिले गाउँमा नमूनाका रुपमा व्यावसायिक तरकारी खेती गरेको देख्न पाउँदा खुशी लागेको छ, व्यवसायमा वडा कार्यालयले विभिन्न सहयोग गर्दै जानेछ”, अध्यक्ष नेपालीले बताउनुभयो ।