२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको सक्रियतामा मन्दिर निर्माण



अ+ अ-

पाल्पा । पूर्वखोला गाउँपालिका–५ वीरकोटका स्थानीयवासीको सक्रियतामा रम्भादेवी मन्दिर निर्माण गरिएको छ । वीरकोटको भैसादीमा यहाँका स्थानीयवासीले विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर मन्दिर निर्माण गरेका हुन् । रु एक लाख ७० हजार ९०१ को लागतमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिर निर्माणका लागि पूर्वखोला गाउँपालिकाले रु ७० हजार रकम सहयोग गरेको मन्दिर निर्माण उपभोक्ता समितिका सचिव यामबहादुर सुनारीले जानकारी दिनुभयो । मन्दिरमा नियमित पूजाआजा, भजनकीर्तन हुने बताइएको छ । धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न विभिन्न ठाउँमा स्थानीयवासीको पहलमा मन्दिर निर्माण हुने क्रम बढेको छ