६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शमसेर परिवार भन्छन् : बालुवाटारको जग्गा बैधानिक हो, हामीलाई बदनाम गरियो



अ+ अ-

काठमाडौं । बालुवाटारको जग्गा बैधानिक भएको जग्गाधनी सुवर्ण शमसेरका परिवार बताएका छन् । उनीहरुले पञ्चायती शासकले राजनीतिक कारण आफ्ना पिता सुवर्ण शमसेरको ११४ रोपनी जग्गा अधिग्रहण नभई जफत गरेको बताएका छन् ।

जफत भएको जमिन ०४७ सालमा तत्कालीन सरकारले फिर्ता दिने निर्णय गरे अनुरुप आफूहरुले फिर्ता पाएको र सो जग्गामा कायम रहेका मोहीले समेत मोही अंश पाएको विज्ञप्तिमा जनाइएको छ ।

सुवर्ण शमसेर परिवारका तर्फबाट रुक्म शमसेर राणा, हेमाद्री शमसेर राणा र हाटक शमसेर राणाले विहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै शमसेरका परिवारले बालुवाटारको ११३ रोपनी जग्गा सुवर्ण शमसेरका हकवालाले ०४९ सालमा सरकारको नामबाट आफ्नोमा नामसारी गरी यसबीचमा मोहीलाई समेत हक दिई बिक्री गरिसकेको बताएका छन् ।

जग्गाको नामसारी दर्ता, मोही बाँडफाँड र विक्री समेत भइसकेको जग्गामा २५–२६ वर्षपछि आएर राजनीतिक पूर्वाग्रहबाट विवाद सिर्जना गरिएको आरोप उनीहरुले लगाएका छन् ।

तीनजना हकवालाले तत्कालीन सरकारको निर्णय तथा अख्तियार र अदालतका फैसला गरेको र जग्गा बैधानिक भएको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ– बदनाम गर्न अख्तियार तथा अदालतबाट अन्तिम फैसला भएका विषयमा छानविन समितिको सहारा लिई हाम्रो परिवारलाई बदनाम गर्न खोजिएकोप्रति हामी दुःख व्यक्त गर्दछौं ।