१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा चार तालिबानीको मृत्यु, तीन घाइते



अ+ अ-

काठमाडौं ।अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।

सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर बसेको स्थानलाई लक्ष्यगरी यस लडाकू विमानले गत १२ घण्टायता जारी राखेको हबाई कारबाहीमा परी कम्तीमा चार लडाकूको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियारहरु पनि ध्वस्त भएको छ ।

यस आक्रमणको क्रममा सरकारी फौज र सर्वसाधारणतर्फ भने कुनै क्षति नभएको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।