६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न सांसदको माग



अ+ अ-

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गरेका छन् ।

बिहीबार बसेको बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मुल्य कायम गर्न आग्रह गरेका हुन् ।

उनले व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेको कारण दुई थरी मुल्य कायम गर्नु पर्ने बताएका छन् । दुई थरी मुल्य कायम गर्दा राजश्वमा समेत बृद्धि हुने भएका कारण तत्काल यो व्यबस्था कामय गर्न सुझाव दिए । उनले यसअघि निलो र रातो रंगको ग्यास प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको समेत आरोप लगाएका छन् ।