९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

फोरम र नयाँ शक्तिबीच एकता हुँदै, पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’

फोरम र नयाँ शक्तिबीच एकता हुँदै, पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’
अ अ+ अ-

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकताका छलफलमा जुटेका छन्। यादव र भट्टराईलाई अध्यक्ष बनाएर पार्टी एकता गर्न लागेको स्रोतले बताएको छ ।

राजपालाई सामेल गराउनका लागि छलफल पनि राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपछि फोरम नेपाल र नयाँ शक्ति नेपाल अगाडि बढेको छ ।

दुई पार्टीबीच लामो समयदेखि भएको छलफलपछि एकीकरण हुन लागेको हो । संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव र भट्टराईबीचको वर्ता सकारात्मक बनेपछि पार्टी एकता गर्ने भएको फोरम निकट नेता बताउछन् ।

स्रोतका अनुसार भट्टराईले एकताका लागि यादव समूहलाई छलफल गर्न शुक्रबार सचिवालय बैठक बोलाएको छ। एकीकृत पार्टीको दुई अध्यक्ष अनौपचारिक समाझदारी भइसकेको र एकतापछि नयाँ पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’ राख्ने सहमति स्रोतले जानकारी दियो ।

एकीकरण गर्ने भएपछि फोरमले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको पनि स्रोतले बताउछ । फोरमले वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो ।

नयाँ पर्टीको केन्द्रिय सदस्यमा २५ जना रहने बताइएको छ । २५ सदस्यीय परिषद्मा १६ जना फोरम नेपालबाट तथा ९ जना नयाँ शक्तिका तर्फबाट रहने छन्। प्रतिनिधिसभामा फोरमको १६ सिट छ भने नयाँ शक्तिबाट संयोजक बाबुराम भट्टराई मात्र सांसद छन्।

गतवर्ष भएको स्थानीय तहको चुनावमा नयाँ शक्तिले फोरमको चिन्ह लिएर उठेको थियो।