९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

प्रदेशको नाम ‘किरात’ नराखिए नेपालमा अशान्ति मचिन्छ !

प्रदेशको नाम ‘किरात’ नराखिए नेपालमा अशान्ति मचिन्छ !
अ अ+ अ-

काठमाडौं । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात नराखिए अशान्ति हुने चेतावनी दिएको छ ।


प्रदेशको नाम र स्थायी राजधानी बारे भोली १९ गतेसम्म प्रस्ताव दर्ताहुदैछ । प्रदेशको नामसँग सम्बन्धित रहेर यायोक्खाले आज (१८ गते) केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशको नाम किरात नराखे आन्दोलनहुने चेतावनी दिएको हो ।

प्रदेश सभामा किरात नाम राख्न प्रस्ताव दर्ताहुने विज्ञप्ति मार्फत दावी गरिएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सभामा किरात प्रदेश नामको लागि प्रस्ताव दर्ता हुँदैछ ।’

उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन १ नम्बर प्रदेशको सांसदहरुलाई यायोक्खाले आग्रह गरेको छ । यायोक्खाले संस्थाको तर्फबाट ९३ जना नै सांसदलाई दैनिक एस.एम.एस. अभियान चलाएको अध्यक्ष दिवस राईले बताए । म्यासेज आम रुपमा चलाएर प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख र सांसदहरुलाई ध्यान आकर्षण गराउदै आएको अध्यक्ष राईले बताए ।


किरातले बहुपहिचानलाई सम्बोधन गर्ने

‘किरात कुनै एउटा जाति होइन ।’ विज्ञप्तिमा भनिएको छ ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।’ इतिहास र सभ्यताको सवैले सम्मान गर्नुपर्ने उल्लेख छ । किरात शब्दले बहुपहिचान झल्किने दावी गर्दै प्रदेश नाम राख्न आम भूगोलबासीलाई सहयोग र समर्थन गर्न आग्रह गरिएको छ ।

किरात नाम नराखिए विद्रोहीलाई बल पुग्ने दावी

प्रदेशको नाम किरात नराखिए त्यो भूगोलमा शान्ति नहुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई वल पुग्ने विज्ञप्तिमा उल्लेख छ । असन्तोषहरु बढ्दै जाँदा भविश्यमा गम्भीर आन्दोलनहुने चेतावनी दिइएको छ । यायोक्खा यस्तो अवस्था नआओस भन्न चाहेको बताइएको छ । परिस्थिति बुझेर पनि प्रदेशको नाम किरात नराखिए त्यसबाट आउन सक्ने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्नेछ उल्लेख छ ।

दीप प्रज्वलन गर्न आतुर र भ्रम नछर्न आग्रह

प्रदेशको नाम किरात नै राखिन्छ भन्नेमा विस्वासमा रहेको, भूगोलबासीहरु दीप प्रज्वलन गर्न आतुर रहेको र विश्वास घात भए विशिष्ट प्रकारको आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । यायोक्खाले प्रदेश सभा, सत्ता र प्रतिपक्ष संसदीय दलको बैठकहरुमा प्रदेशको नाम तथा स्थायी राजधानी बारे भइरहेको छलफलको मिहिन ढंगले अध्ययन गरिरहेको अध्यक्ष राईले बताए । ‘पछिल्लो अवस्था वारे संस्थागत जानकारी लिन केन्द्रदेखि प्रदेशको विभिन्न दलका नेताहरुसँग सम्पर्कमा छौ ।’ विज्ञप्तिमा भनिएको छ ‘कतिपय समाचारहरु भ्रम सिर्जन गर्ने वा किरात नाम प्रतिकुलहुने गरी आइरहेको छ ।’

केही सञ्चार माध्यमहरुले सुनियोजित रुपमा कोशी वा सगरमाथामा सहमत भएको दलका शीर्षस्त नेताहरुले निर्देशन दिएको जस्ता ’भ्रमपूर्ण’ समाचारहरु आइरहेको भन्दै सञ्चार माध्यमहरुलाई त्यसो नगर्न यायोक्खाले आग्रह गरेको छ ।

शीर्ष नेता र सरकारसँग भेटघाट

प्रदेशको नाम किरात राख्न सहजीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व सभामुख शुवास नेम्वाङ, नेकपा युवा नेता योगेश भट्टराई लगायतलाई भेटेर ज्ञापन पत्र बुझाएको यायोक्खाको महासचिव जनक राईले बताए ।

प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइराला लगायत ९३ जना नै सांसदलाई पटक पटक ज्ञापन तथा स्मरण पत्र बुझाउदै आएको छ । सरकार सञ्चालक, दलका नेताहरु, लेखक, विश्लेशक कसैले पनि किरान हुदैन नभनेको उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

डेढा दशक भन्दा अघिदेखि निरन्तर अभियान

यायोक्खाले डेढ दशक अघिदेखि पूर्वी नेपालको भूभागलाई किरात प्रदेश नामकरण गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । किरात प्रदेश नामकरणको लागि भूगोलबाट २५ लाख हस्ताक्षर संकलन गरी प्रदेश सकारलाई बुझाइ सकेको छ । यायोक्खाकै समन्वयमा २३ वटा सामुदायिक संस्थाहरुले संस्थागत रुपमा १ नम्बर प्रदेशको नाम किरात राख्न एकल र संयुक्त ज्ञापनपत्रहरु बुझाएको थियो ।

यायोक्खाले बास्केटवल, फुटबल, दौड प्रतियोगिता, साइकल तथा पद यात्रा, साहित्यिक कार्यक्रम र प्यारा ग्लाइडिङ्ग जस्ता खेलको आयोजना गरेर समेत किरात प्रदेश नामकरण गर्न माग गर्दै आएको थियो ।