३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालमै पहिलोपटक बर्डफ्लुबाट एक युवकको मृत्यु

नेपालमै पहिलोपटक बर्डफ्लुबाट एक युवकको मृत्यु
अ+ अ-

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । ‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो।

गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिरामी युवकको र्‍याल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन। खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी उक्त रोगको सङ्क्रमण फैलिन नदिन निगरानी बढाउनाका साथै त्यसको विस्तृत अध्ययन थालिसकेको स्पष्ट गरेको छ ।

मन्त्रालयले बर्डफ्लुका लक्षणबारे सर्वसाधारणमा सूचनामूलक सामग्री प्रवाह गरिरहेको बताउँदै सो रोगबाट उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांशपेसी दुख्ने, प्रारम्भमा पेट र छाती दुख्ने र पखालासमेत लाग्न सक्ने बताउँदै जनाएको छ । उक्त रोगको सङ्क्रमण द्रुतगतिमा फैलिएर श्वास फेर्न कठिन हुने, निमोनिया र दमका लक्षण देखिने बताइएको छ । मन्त्रालयका अनुसार बर्डफ्लुबाट नेपालीको स्वदेशमै निधन भएको यो पहिलो घटना हो ।

ती युवकको मन्त्रालयले पहिचान भने खुलाएको छैन। ‘एचफाइभ एनवानबाट नेपालमै पहिलोपटक मानिसको मृत्यु भयो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।