६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा विद्यार्थीहरुको प्रदर्शन, चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप



अ+ अ-

वीरगञ्ज । चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै वीरगञ्ज कमर्स क्याम्पसमा विद्यार्थीहरु प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले परीक्षा हलभित्र २० मिनेट ढिलो प्रश्नपत्र दिएको समेत आरोप लगाएका छन् ।

विसीसी कलेज परीक्षा केन्द्रमा बिहीबार कक्षा १२ को परीक्षा दिन कलेज पुगेका अनुभूति कलेज, त्रिजुद्ध मावि, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

२० मिनेट अगाडि उत्तरपुस्तिका खोसेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिए पनि सम्झाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी मानबहादुर राईले जानकारी दिए ।

परीक्षामा अमर्यादित गतिविधि गरको आरोपमा विसीसी कलेजका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको थियो ।