१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा विद्यार्थीहरुको प्रदर्शन, चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप



अ+ अ-

वीरगञ्ज । चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै वीरगञ्ज कमर्स क्याम्पसमा विद्यार्थीहरु प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले परीक्षा हलभित्र २० मिनेट ढिलो प्रश्नपत्र दिएको समेत आरोप लगाएका छन् ।

विसीसी कलेज परीक्षा केन्द्रमा बिहीबार कक्षा १२ को परीक्षा दिन कलेज पुगेका अनुभूति कलेज, त्रिजुद्ध मावि, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

२० मिनेट अगाडि उत्तरपुस्तिका खोसेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिए पनि सम्झाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी मानबहादुर राईले जानकारी दिए ।

परीक्षामा अमर्यादित गतिविधि गरको आरोपमा विसीसी कलेजका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको थियो ।