१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ को प्रदेशसभाको बैठक स्थगित



अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ ।

नाम र स्थायी राजधानीको विषयमा सहमति जुट्न नसकेर नै आजको बैठक स्थगन भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए।

उनले सत्तापक्षको दुई बहुमत हुँदा पनि नाम र स्थायी राजधानीका विषयमा सहमति जुट्न नसकेको भन्दै प्रतिपक्षले प्रस्ताव आएपछि मात्र सहमति वा असहमतिको भूमिका खेल्ने हो त्यतिबेला नै थाहा हुने बताए ।

प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गरेको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।