विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ ।
नाम र स्थायी राजधानीको विषयमा सहमति जुट्न नसकेर नै आजको बैठक स्थगन भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए।
उनले सत्तापक्षको दुई बहुमत हुँदा पनि नाम र स्थायी राजधानीका विषयमा सहमति जुट्न नसकेको भन्दै प्रतिपक्षले प्रस्ताव आएपछि मात्र सहमति वा असहमतिको भूमिका खेल्ने हो त्यतिबेला नै थाहा हुने बताए ।
प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गरेको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ ।