६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरम र नयाँ शक्तिको एकता २३ गते, पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’



अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् ।

राजपालाई सामेल गराउनका लागि छलफल पनि राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपछि फोरम नेपाल र नयाँ शक्ति नेपाल अगाडि बढेको छ ।

दुई पार्टीबीच लामो समयदेखि भएको छलफलपछि एकीकरण हुन लागेको हो । संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव र भट्टराईबीचको वर्ता सकारात्मक बनेपछि पार्टी एकता गर्ने भएको फोरम निकट नेता बताउछन् ।

संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

स्रोतका अनुसार भट्टराईले एकताका लागि यादव समूहलाई छलफल गर्न शुक्रबार सचिवालय बैठक बोलाएको छ। एकीकृत पार्टीको दुई अध्यक्ष अनौपचारिक समाझदारी भइसकेको र एकतापछि नयाँ पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’ राख्ने सहमति स्रोतले जानकारी दियो ।