९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित
अ अ+ अ-

वासिङ्टन । भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ ।

बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन् ।

बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भनी विभिन्न समाचर टिप्पणीहरु आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यहाँ अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उहाँका एकजना पूर्व सहयोगीले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउनुहुन्छ । उहाँले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रुपमा नै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताउनुभयो ।

तर उहाँले सैन्य कारबाहीलाई पनि नकार्नुभएन । यो संकटको समाधान शान्तिपूर्ण रुपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ नै तर पनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव छैन उहाँको भनाई छ ।

केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले भेनुजुएलाका विपक्षी नेता हुवा ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए । यो उनीहरुको अकस्मात निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो ।

त्यसयता यहाँको राजनीति झन्भन्दा झन जटिल बन्दै गएको छ । विपक्षी नेता ग्वाइदोले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताबाट हटाउनुपर्ने मा राख्दै आन्दोलन थाल्नुभएको छ ।

अहिले आएर उहाँले हालैमात्र नेता मडुरो सत्ताबाट नहटुन्जेल शृङ्खलाबद्ध रुपमा आम हड्तालको आह्वान गर्नुभएको छ

शुरुमा विपक्षी नेता ग्वाइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उहाँले सरकारका विरुद्धमा आमहड्ताल थाल्नुभएको हो ।

उक्त सैन्य विद्रोह कार्य विफल भएपछि राजधानीमा भेला भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उहाँले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताउनुभएको थियो ।
यो विद्रोह यस साता थप चर्किएको छ । विपक्षीहरुले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति निकोलास मडुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन् ।

यस विषयमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन । साथै तर यसका लागि अर्थात भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूहरुले कुनै तयारी भने नथालेको उसले बताएको छ ।
यस देशमा यतिखेर यहाँका दुवै जना नेताहरु वर्तमान राष्ट्रपति मडुरो र विपक्षी नेता ग्वाइदो दुवैको आफू नै यहाँको संवैधानिक राष्ट्रपति भएको दाबी छ ।

ग्वाइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्रप्रमुखका रुपमा स्वघोषणा गर्नुभएको थियो । तर त्यसलाई सरकारले मान्यता दिएको छैन ।

त्यसपछि उहाँका विरुद्धमा सरकारले कारबाही थालेको छ । हाल यहाँको सरकारले उहाँको सम्पत्ति रोक्का गरेको छ र देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो ।

तर सरकारको त्यस घोषणाको उल्लङ्घन गर्न र मडुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन ग्वाइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरुको भ्रमण गर्नुभएको थियो ।
उहाँलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकैबीच गत मार्च महिनामा उहाँ स्वदेश फर्किनुभएको थियो ।

ग्वाइदोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गर्नुभएको थियो । उहाँले ग्वाइदोलाई असुरक्षाको महसुश हुन दिन नहुने भन्दै मदुरो प्रशासनलाई सचेत समेत गराउनुभएको थियो ।

केही वर्षयता देखि यस देशले चरम आर्थिक सङकट खेपिरहेको थियो । आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक सङ्कट पनि थपिएको छ ।

ग्वाइदोको आफै अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, ब्रिटेन तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन् ।

त्यसैगरी उता वर्तमान राष्ट्रपति मडुरोलाई पनि रुस र चीनको समर्थन छ । त्यसैगरी उहाँलार्ई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीहरुको पनि समर्थन रही आएको छ ।