६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्का : फेरि बम आक्रमण हुने आङ्शकामा चर्च बन्द



अ+ अ-

काठमाडौं । श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो ।

चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो ।

त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ । सुरक्षाबलको सल्लाहअनसुार आगामी आइतबबार कुनै पनि चर्चमा सामूहिक भेला नहुने चर्चका प्रवक्ताले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

श्रीलङ्कामा गत अप्रिल २१ मा तीन होटल र ती चर्चमा भएको आत्मघाती आक्रमणपछि चर्चले पुनः सर्वसाधारणको लागि आफ्नो सेवा शुरु गर्न लागेको थियो ।

गत अप्रिल २१ मा भएका ती आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा २ सय ५७ व्यक्तिको मृत्यु भएको थियो । सयौंको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका थिए । सो आक्रमणमा परी कम्तीमा ४२ विदेशी नागरिकले समेत ज्यान गुमाएका थिए ।