६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउछ, जुरे सडक चाँडै निर्माण हुन्छ :मन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूकम्पपछि अबरुद्ध रहेको तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने भएको छ । नेपाल तर्फको सिन्धुपाल्चोकको जुरे पहिरोका कारण अबरुद्ध सडक चाँडै निर्माण हुने क्रममा रहेको कारण तोकिएकै मितिदेखी नाका संचालनमा आउने बताए ।

राष्ट्रपति विद्या देवी भण्डारीको नौ दिने चीन भ्रमणबारे जानकारी गराउने क्रममा सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री ज्ञवालीले तातोपानी नाकाबाट पहिला जस्तो अबका दिनमा खुद्रा व्यापार नहुने तर चीनतर्फका कन्टेनर सिधै तल आउने र सुख्खा बन्दरगाहमार्फत सामानहरु वसारपसार गराइने जानकारी दिए ।

राष्ट्रपतिको चीन भ्रमणका क्रममा ऐतिहाँसिक सम्झौता भएको जानकारी गराउँदै चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिइएको पनि बताए ।