६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालपूर्जामा महासचिव र सभापति भनेर लेखेको छैन होला, छानबिनपछि कारबाही हुन्छ : मन्त्री बास्कोटा



अ+ अ-

काठमाडौं । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नेकपा महासचिव विष्णु पौडेल र कांग्रेसका सभापति शेरबहादुर देउवा मुछिएपनि छानबिन प्रभावित नहुने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने ‘महासचिव भनेर लालपूर्जामा लेखेको छैन होला ?, सभापति भनेर पनि लेखेको छैन वा पूर्वप्रधानमन्त्री भनेर लेखेको छैन होला?’उनले छानबिनपछि संलग्नता देखे कारबाही हुने बताए ।

सरकारले संविधान, नियम कानूनले व्याख्या गरेअनुसार सरकारी सम्पत्ति फिर्ता ल्याउने मन्त्री बास्कोटाले जिकिर गरे ।