१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा मुम्बई विजयी



अ+ अ-

काठमाडौं । गए राति सम्पन्न आइपिएलमा मुम्बई इण्डियन्स विजयी भएको छ । सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै प्लेअफमा पुगेको हो ।

मुम्बईले दिएको १६३ रनको लक्ष्य पछाएको सनराइजर्स हैदरावाद २० ओभरमा ६ विकेट गुमाउदै १६२ बनाएपछि खेलको सुपर ओभरबाट भएको थियो ।

सुपर ओभरमा सनराइजर्सले पहिला ब्याटिंग गर्दै ८ रन बनाएको थियो भने मुम्बई सो लक्ष्य पुरा गर्दै खेल जितेको थियो ।
अब प्लेअफको अन्तिम एक स्थानका लागि हैदरावाद, कोलकोता, राजस्थान र पंजावबीच प्रतिष्पर्धा रहेको छ । प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोर एक खेल अगाडी नै बाहिरिएको छ ।

आइपिएल अन्तर्गत आज किंग्स इलेभेन पंजाव र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ ।