१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : भलेन्सियामाथि आर्सनल विजयी



अ+ अ-

काठमाडौं । युइएफए युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा आर्सनलले भलेन्सियामाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले भलेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा अलेक्सजेन्डर लाकाजेटेले २ गोल गरे भने पिएररे एमरिक अउबामेयांगले एक गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि मौउचटर डियाखबीले एक गोल फर्काएका थिए ।

दुवै टिमबीच अर्को साता सेमिफाइनलको दोस्रो लिग हुने छ ।