२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेड्रोको एक गोलले चेल्सी हारबाट जोगियो



अ+ अ-

काठमाडौं। युइएफए युरोपा लिग फुटबलको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा बराबरीमा अवस्था बनाउँदै चेल्सी जर्मन क्लब इन्ट्राचट फ्रान्कफुर्टसँग हारबाट जोगिएको छ ।

फ्रान्कफर्टको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा भएका थिए । इन्ट्राचटले खेलको २३ औं मिनेटमा लुका जोभिकको गोलबाट अग्रता बनाएको थियो ।

पहिलो हाफको थप ४५ औँ मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल फर्काएपछि चेल्सी हारबाट जोगिएको हो । पेड्रोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा राख्दै चेल्सीलाई हारबाट जोगाएको हो ।

खेलमा देवै टोलीले निकै नै लोभ लाग्दा मौकाहरु गुमाउँदा बराबरीमा खेल रोकिएको हो । बराबरीपछि अवे गोलका कारण चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो देखिएको छ ।

दोस्रो लेग १० मेमा चेल्सीको घरेलु मैदानमा हुनेछ । खेलमा गोलरहित बराबरी वा जित निकालेको अवस्थामा चेल्सीले फाइनलमा स्थान बनाउनेछ । फ्रान्कफर्टलाई फाइनलका लागि जित या दुई वा सोभन्दा बढी गोलको बराबरी आवश्यकता छ ।