६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०० किलोमिटर रफ्ताकारमा आँधी, नेपालीहरुलाई सचेत रहन आग्रह



अ+ अ-

काठमाडौं। बङ्गालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी फानीले भारतको ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ। झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले प्रभावित पार्ने ठाँउका झण्डै ८ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिन लागेको अधिकारीहरुले जनाएका छन् ।

आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालेको छ । भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशा हान्नेछ।

त्यहाँ बिहीवार रातिदेखि विमान उडान र रेलसेवा एवं दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। भारतको आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ।

सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

सो आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदै गर्दा नेपालमा समेत प्रभाव पर्ने हुँदा नेपालको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । आँधीका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ भने हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ ।

सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपातहुँदा करिब ३५ जनाको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको समाचार बीबीसीमा छ ।