६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लोप भन्छन् : मेस्सीलाई कसैले रोक्न सक्दैन्, उनि विश्वस्तरीय खेलाडी हुन्



अ+ अ-

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

बिहीबार बिहान घरेलु मैदान क्याम्प नाउमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले पाहुना टोली लिभरपुललाई ३–० ले पराजित गरेपछि खेलको समिक्षा गर्ने क्रममा उनले भने ‘मेस्सीलाई रोक्न मुस्किल थियो । उनी यस्ता खेलाडी हुन् जसलाई कसैले रोक्न सक्दैन ।’

क्लोपले थपे ‘निसन्देह हामीले त्यो फ्रि किक रोक्न सक्दैनथ्यौं । उनी विश्वस्तरीय खेलाडी हुन् हामीलाई यो कुरा पहिलेदेखि नै थाहा थियो त्यसैले हामी आश्चर्यचकित भएनौं ।’

मेस्सी फ्रि किकमा गोल गरेपछि उनको अनुहारमा मुस्कान छाएको थियो ।

उक्त देलमा बार्सिलोनाको जितमा मेस्सीले दुई तथा लुईस स्वारेजले एक गोल गरेका थिए । २६औं मिनेटमा लुइस स्वारेज, मेस्सीले खेलको ७५औं मिनेटमा र खेलको ८२ औं मिनेटमा फेरि मेस्सीले नै टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।