१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लोप भन्छन् : मेस्सीलाई कसैले रोक्न सक्दैन्, उनि विश्वस्तरीय खेलाडी हुन्



अ+ अ-

काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

बिहीबार बिहान घरेलु मैदान क्याम्प नाउमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले पाहुना टोली लिभरपुललाई ३–० ले पराजित गरेपछि खेलको समिक्षा गर्ने क्रममा उनले भने ‘मेस्सीलाई रोक्न मुस्किल थियो । उनी यस्ता खेलाडी हुन् जसलाई कसैले रोक्न सक्दैन ।’

क्लोपले थपे ‘निसन्देह हामीले त्यो फ्रि किक रोक्न सक्दैनथ्यौं । उनी विश्वस्तरीय खेलाडी हुन् हामीलाई यो कुरा पहिलेदेखि नै थाहा थियो त्यसैले हामी आश्चर्यचकित भएनौं ।’

मेस्सी फ्रि किकमा गोल गरेपछि उनको अनुहारमा मुस्कान छाएको थियो ।

उक्त देलमा बार्सिलोनाको जितमा मेस्सीले दुई तथा लुईस स्वारेजले एक गोल गरेका थिए । २६औं मिनेटमा लुइस स्वारेज, मेस्सीले खेलको ७५औं मिनेटमा र खेलको ८२ औं मिनेटमा फेरि मेस्सीले नै टिमका लागि तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरेका थिए ।