६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडबडी र बालुवाटार बेचेर नपुगेर प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य बढाए : अध्यक्ष महर



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका युवानेता तथा नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट संञ्चालित भएको आरोप लगाएका छन् । उनले हिजो गरिएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको बताए ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नैनसिंह महरले सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको बताए ।

‘बाइडबडी, ३३ किलो सुन ,बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरुलाई पैसा पुगेन ?’ उनले भने ‘अब फेरि पेट्रोलियम पर्दार्थको मुल्य बढाएछन् ।’

निगमको अहिले पाक्षिक नाफा ७ करोड भन्दा बढी रहेको बताए । उनले यस्तो बेला मुल्य घटाउन छोडेर झन किन बढाएको बताए । उनले मूल्य नघटाए आन्दोलनमा जाने चेतवानी समेत दिए ।